नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

आइतबार, चैत २५, २०८०

काठमाडौँ- नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १७७ रनको लक्ष्य दिएको छ ।

फ्रेन्डसिप कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्