उपनिर्वाचन : कांग्रेसले तोक्यो शर्मा र साउदलाई संयोजक

आइतबार, चैत २५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउद संयोजक बनेका छन् ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस इलामका सभापति खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवास नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले बताए ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार