आयरल्यान्ड ‘ए’विरुद्ध बलिङमा नेपाल

आइतबार, चैत २५, २०८०

काठमाडौं - नेपाल ‘ए’ले अन्तिम एकदिवसीय खेलमा आज आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


नेपालले आज रुपेशसिंह, विकाश आग्री, रञ्जित कुमार र अर्जुन कुमाललाई खेलाएको छ । पछिल्लो खेलबाट आरिफ शेख, बसिर अहमद, मौसम ढकाल र कमलसिंह ऐरी बेन्चमा छन् ।


पहिलो खेलमा नेपाल २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अलआउट भएको थियो । नेपाल आजको खेलमा क्लिनस्वीपबाट बच्नुछ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्