सि-डिभिजन लिग : आज दुई खेल हुने

आइतबार, चैत २५, २०८०

काठमाडौ - सि-डिभिजन लिग अन्तर्गत आज २ खेल हुने भएको छ । पहिलो राउन्डको तेस्रो दिन आज पुल्चोक स्पोर्टस क्लब र सामाजिक युवा क्लब तथा मनोहरा युनाइटेड क्लब र सोसल वेलफेयर क्लब बिच खेल रहेको छ । 

ललितपुरको पुल्चोक स्पोर्टस क्लबले दिउँसो १ बजे झापाको सामाजिक युवा क्लबसँग खेल्नेछ । साथै, दिउँसो ४:१५ मा काठमाडौंको मनोहरा क्लबले काठमाडौं कै सोसल वेलफेयर क्लबसँग खेल्नेछ । 

यि दुबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन् । दुबै खेलको प्रत्यक्ष प्रसारण क्यानाडा नेपालको युट्युब च्यानलबाट हेर्न सकिने छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्