तनहुँमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

शनिबार, चैत २४, २०८०

तनहुँ - व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् । प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्