आयरल्यान्ड उल्भ्सविरुद्ध नेपाल ‘ए’ ६० रनमै अलआउट

शुक्रबार, चैत २३, २०८०

काठमाडौँ- दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले लज्जास्पद हार व्यहोरेको छ ।

नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालका देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमलसिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।

आयरल्याण्डका माथ्यू हम्फेस एक्लैले ६ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए । यस्तै मौसम ढकालले २ । कमलसिंह ऐरीले १ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्