सि-डिभिजन लिग : आज दोस्रो दिन दुई खेल हुने

शुक्रबार, चैत २३, २०८०

काठमाडौ - नेपालको तेस्रो श्रेणी सि-डिभिजन लिग अन्तरगत दोस्रो दिन आज दुई खेल हुने भएको छ । आज दिउँसो १ बजे सानेपा क्लब र बागमती युवा क्लब बिच पहिलो खेल र दिउँसो ४:१५ मा रानिवन स्पोर्टस क्लब र महाबिर क्लब बिच प्रतिश्पर्धा हुन लागेको हो । 

ललितपुरको सानेपा क्लब सि डिभिजन क्लबको बलियो टोलीको रुपमा लिने गरिन्छ । गत सिजन क्लबले २३ अंक ल्याउँदै तालिकाको ५ औँ स्थान पक्का गरेको थियो । यस्तै, सर्लाहीको बागमती युवा क्लब सि डिभिजन लिग छनौटको उपाधि जितेर सि डिभिजनमा बढुवा भएको थियो । क्लबले फाइनलमा गोलबजार क्लबलाई १-० ले हराएको थियो । 

यसका साथै, बाजुराको रानीवन क्लबले गत सिजन १७ अंक ल्याएको थियो भने महावीर क्लबले २२ अंक ल्याएको थियो । यि २ बिचको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 

आजका यि दुबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। साथै, क्यानाडा नेपालको युट्युब च्यानलबाट दुबै खेल प्रत्यक्ष प्रसारण हुनेछ । 

खेल क्यानडा नेपालको युट्युब च्यानलमा हेर्न सकिने छ । 

लिगको समाप्तिमा शीर्ष दुई टोली 'बी' डिभिजनमा बढुवा हुनेछन् । पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् । प्रतियोगितामा लिग विजेताले १० लाख, दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्