लगानी बोर्डद्वारा ५ परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत

बिहीबार, चैत २२, २०८०

लगानी बोर्डले विभिन्न ५ वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्डको ५७ औं बैठकले उक्त लगानी स्वीकृत रहेको हो ।

लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपरतमोर जलविद्युत आयोजना, अपर मोरङ ए जलविद्युत आयोजना, कोहलपुर बाडगंगामा रहेको सौर्य ऊर्जा परियोजना, ह्वासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना गरी पाँच वटा परियोजनाका लागि करिब १ खर्ब बरारको लगानी स्वीकृत भएको बताए ।

उनले परियोजना कार्यान्वयनको चरणमा केही कामहरु गर्नुपर्ने देखिएकाले सौर्य ऊर्जा परियोजना आगामी लगानी सम्मेलनमा पिडिए सम्झौता गर्ने परामर्शका लागि वार्ता समिति गठन गर्ने निर्णय भएको बताए । उनले अपर मस्र्याङ्दी जलविद्युत परियोजनाको विस्तृत परियोजना जानकारीमा लिई त्यसलाई वार्ता समिति गठन गर्ने निर्णय पनि भएको जानकारी दिए । सह–सचिव उपाध्यायले परियोजना सहजीकरण गर्ने विषयमा अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा र क्षतिपूर्तिका विषयमा अध्ययन गर्ने बनेको समितिलाई एक महिनाको समयअवधि थप गरेको बताए ।

उहाँले दाङ सिमेन्ट इन्डष्ट्रिज प्रालिको शेयर खरिद बिक्री गरी रकम फिर्ता लैजानका स्वीकृत दिएको बताए । उहाँले सौर्य ऊर्जा परियोजना बडगंगा र कोहलपुरमा सर्वेक्षण अनुमतिपत्र दिने निर्णय भएको बताए । फर्टिलाइजर कम्पनी स्थापना गर्ने अध्ययन गरेको रि–निकोला कम्पनीले बैंक जमानत म्याद थप गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उनले अरुण तस्रो जलविद्युत परियोजना डाइरेक एग्रिमेण्ट विषयमा तत्काल मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको पनि बताए । उनले संस्थागत सुदृढीकरणका सन्दर्भमा सार्वजनिक निजी साझेदारी लगानी ऐन,२०७५ संशोधन मस्यौदा तयार गर्नको लागि गठित समितिले लिएको प्रतिवेदनलाई बुझेको बताए ।

उनले काठमाडौं उपत्यका एकीकृत फोहोरमैला व्यवस्थापनको लागि निजी साझेदारी मोडलमा तयार भएको प्रोजेक्टको प्याकेज १ लाई कसरी कार्यान्वयनमा लैजान लगानी बोर्डले नेतृत्व गरेर स्थानीय निकायहरु, संघीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र शहरी विकास मन्त्रालयबीचमा समन्वय गरेर गोलमेल सम्मेलन गरी सहमति गरेर अगाडि बढ्ने निर्णय भएको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्