सि-डिभिजन लिग सुरु, आज प्रवेश निशुल्क

बिहीबार, चैत २२, २०८०

काठमाडौ - नेपाली फुटबलको तेस्रो श्रेणीको लिग सि-डिभिजन लिग आजबाट सुरु हुने भएको छ । १४ क्लब सहभागी उक्त लिगमा आज पहिलो खेल आरसी ३२ र खालीबारी युवा क्लब बिच प्रतिश्पर्धा हुनेछ । 

सुर्खेतको आरसी ३२ सि-डिभिजन लिगको बलियो टोलीको रुपमा लिने गरिन्छ । गत सि-डिभिजन लिगमा आरसी ३२ बि- डिभिजनमा बढुवा हुन केही अंकले मात्र चुकेको थियो ‌ । खालीबारी युवा क्लब पनि सी डिभिजन लिगको बलियो टोली हो । 

दिउँसो ३ बजेदेखि सुरु हुने खेलको  दर्शकहरुलाई कुनै पनि टिकट नलाग्ने लिगको सम्पुर्ण राइट पाएको एमडीएसीले जनाएको छ । 

यसपटक लिग राउन्ड रोबिनको आधारमा खेल हुनेछ । लिग ९१ खेल सहित ३ महिनासम्म चल्ने छ । लिग विजेताले विजेताले १० लाख, उपविजेताले ७ लाख, तेस्रोले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फेयर प्ले टिमले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षकले ३५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउँदा हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्