रूस आर्थिक नाकाबन्दीको सही सामना गर्न सफल : रूसी प्रधानमन्त्री

बुधबार, चैत २१, २०८०

मस्को - रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मित्रराष्ट्रहरुसँगको व्यापारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै रूसले पश्चिमा मुलुकहरुको आर्थिक नाकाबन्दीबाट सकुशल अघि बढ्न सफल भएको बताउनुभएको छ ।
 
“मित्र राष्ट्रहरूसँगको व्यापार कारोबार बढेको मात्र छैन, तर अहिले यो चार वर्षअघि सम्पूर्ण विश्वसँग रूसको व्यापारको मात्रासँग तुलना योग्य छ,” मिशुस्टिनले रूसी राज्य डुमालाई सम्बोधन गर्दै भन्नुभयो । 

“चीन, भारत, टर्की, बेलारुस, कजाकिस्तान, संयुक्त अरब इमिरेट्स, अफ्रिका र ल्याटिन अमेरिकासँगको व्यापारमा भएको वृद्धिले युरोपेली संघसँगको व्यापार कारोबारमा आएको कमीलाई धेरै हदसम्म क्षतिपूर्ति गरेको छ,” मिशुस्टिनले भन्नुभयो । 

मित्रराष्ट्रका होनहार साझेदारहरूसँग व्यापार सम्बन्ध लाई बढावा दिनु रूसको उच्च प्राथमिकतामध्ये एक रहने बताउँदै उहाँले रूसको ७७ प्रतिशत वैदेशिक व्यापार मित्र राष्ट्रहरूसँग भएको तथ्याङ्क पेश गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्