बाढीका कारण तान्जानियामा १६ सय बढी मानिस घरबारविहीन

आइतबार, चैत १८, २०८०

दार एस सलाम- भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएको एक अधिकारीले बताएका छन् ।

नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिए ।

प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको र सरकार मानवीय सहायता प्रदान गर्र्ने प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराए।

बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्