चिनियाँ निर्माण कम्पनीको दाबी, सुरुङ निर्माणमा विश्व रेकर्ड

शुक्रबार, चैत १६, २०८०

काठमाडाैं - राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले गरेको छ ।

एक महिनामा १५०३।३ मिटर टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत सिँचाइ सुरुङ खनेर विश्व रेकर्ड नै राखेको कम्पनीको दाबी छ।

कम्पनीले  यसअघि पनि सोही आयोजनामा २०२३ मार्चमा १२२४/१३ मिटर सिँचाइ सुरुङ बनाएर नयाँ रेकर्ड राखेको थियो । अहिले त्यो रेकर्ड तोडिएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्