मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पोर्चुगल २-० ले पराजित

बुधबार, चैत १४, २०८०

काठमाडौँ  -पोर्चुगल मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले एक एक गोल गरेका थिए ।

यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो खेलेका थिए भने ब्रुनो फर्नानडेजसहितका केहि महत्वपूर्ण खेलाडी खेलेका थिएनन् ।

योसँगै पोर्चुगलले अब युरोकप अघि फिनल्याण्ड, क्रोसिया र आयरल्याण्डसँग मैत्रिपूर्ण खेल आगामी जुनमा खेल्ने छ ।
  

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्