लमजुङमा अफिम खेती गर्ने युवक पक्राउ

मंगलबार, चैत १३, २०८०

लमजुङ - लमजुङ प्रहरीले लागुऔषध (अफिम) को खेती गर्ने एक युवकलाई पक्राउ गरेको छ । 

मध्यनेपाल नगरपालिका वडा नं. ०३ सुर्यपाल स्थितमा लागू औषध (अफिम) को अवैध खेती गरेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी अधिकृतको टोली खटिएर मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ०८ घर भएका २६ बर्षीय हिमाल लामा थिङलाई पक्राउ गरेको हो । 

उनी विगत १ बर्षदेखी उक्त स्थानमा विष्णु सुवेदीको खेतवारी रेखदेख गरी बस्दै आएका थिए । उनले ३ रोपनी क्षेत्रफलमा लागुऔषध (अफिम) को खेती गरेको भेटिएको प्रहरीले जनाएको छ ।  खेती गरी कारोवार गर्ने हिमाल लामा थिङलाई आइतबार पक्राउ गरिएको हो । खटि गएका प्रहरी टोलीले उक्त स्थानबाट १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको चोप १०७.४ ग्राम, चोप निकाल्ने कार्यमा प्रयोग भएका चक्कु र कचौरा समेत बरामद गरेको छ ।

पक्राउ परेका युवकलाई जिल्ला अदालत लमजुङबाट ७ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्