आयरल्याण्ड ए ले नेपाललाई दियो १२२ रनको लक्ष्य

सोमबार, चैत १२, २०८०

काठमाडौँ- आयरल्याण्ड ए ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड एले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्