काठमाडौँमा आज पानी पर्ने सम्भावना

आइतबार, चैत ११, २०८०

काठमाडौँ- आज दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार हिजो अस्तीको तुलनामा आज मौसम केही सफा हुने भएपनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायूको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आशिंकदेखि मुख्यतया वदली छ ।

मौसमविद् अर्यालले भने, “नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आँशिकदेखि साधारणतया बदली रहेको छ ।”

काठमाडौँको अहिलेको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता पाँच किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम १३ दशमलब ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् अर्यालले बताए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्