चराका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

आइतबार, चैत ११, २०८०

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथान आएपछि उडान–अवतरण प्रभावित बनेको छ ।

बिहानदेखि चराका हुल विमानस्थल परिपरि रहेका कारण कुनै पनि उडान अवतरण हुन सकेका छैनन् ।

आज यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौं अवतरण गरेको थियो ।
यतीकै पोखरा–काठमाडौं रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको थियो ।

बुद्ध एयरका उडानहरू समेत प्रभावित बनेका छन् । चराको गतिविधिका कारण आज बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ ।

बिहान साढे ११ बजे केहीबेर खुलेको विमानस्थल अहिले फेरि बन्द छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्