बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता लिने सरकारको निर्णय

शुक्रबार, चैत ९, २०८०

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाले पाएको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्