स्टन्ट गर्नेहरूलाई चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन : विनोद चौधरी

बिहीबार, चैत ८, २०८०

काठमाडौँ - प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। 

बाँसबारी जग्गा हिनामिना प्रकरणमा बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए । स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उनको भनाइ थियो 

चौधरीले भने, ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ’, ‘४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’

उनले एउटा उद्यमीको हैसियतले आफूले जहिले पनि विकासको राजनीति गरेको भन्दै कुनै प्रकारका दलहरूका मतभेदमा सरिक नभएको दाबी समेत गरे । 

तर पछिल्लो समय एउटा उद्यमीलाई राजनीतिकरण गरेको भन्दै कठिन परिस्थितमा आफूजत्तिको मानिसले उभिएर अर्थतन्त्रको कुरा गर्दा रोजगार दाताहरूले हेक्का राख्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्