वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार, चैत ४, २०८०

काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उहाँहरुविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार