उत्तरी म्यानमामा जेड खानी भत्किंदा ३० जना बेपत्ता

मंगलबार, फागुन २९, २०८०

उत्तरी म्यानमाको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् ।

स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् ।

यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार