नेपालले गुमायो चौथो विकेट, दीपेन्द्र ऐरी १ रनमै आउट

मंगलबार, फागुन २२, २०८०

काठमाडौं - कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

दीपेन्द्रसिंह ऐरी १ रन मै आउट भएका हुन् । उनी १४.३ ओभरमा एलबीडब्लु धरापमा पर्दै आउट भए।

यसअघि आशिफ शेख नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पूरा गर्नबाट चुकेका छन्। उनी चौधौँ ओभरको चौथो बलमा ४७ रन बनाउँदा एलबीडब्लु धरापमा परे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको नेपालले १५ औँ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १२९ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्