सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

बुधबार, फागुन २, २०८०

काठमाडौं- नेपाली बजारमा आज (बुधबार) पनि सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १२ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्