पुजार सार्कीको फस्टलुक पोस्टर सार्वजनिक

आइतबार, माघ १४, २०८०

काठमाडौं- दिनेश राउतले निर्देशन गरेको चलचित्र पुजार सार्कीको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

फस्टलुक पोस्टरमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई स्थान दिइएको छ । पोस्टरमा अभिनेताहरूलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ ।

चलचित्र विकास सुवेदीको लेखन रहेको छ भने चलचित्रलाई सुभाष भुसालले निर्माण गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्