एसपी बस्नेतलाई एसएसपी पदमा बढुवा गर्न सिफारिस

आइतबार, माघ ७, २०८०

काठमाडौँ– सरकारले नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी भीम ढकालका अनुसार एसएसपी मोहन पोखरेलले अवकाश पाएसँगै उक्त पद रिक्त थियो। सोही पदका लागि बस्नेतलाई सिफारिस गरिएको हो।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्