गायक तथा संगीतकार योगेश वैद्यको निधन

शुक्रबार, माघ ५, २०८०

काठमाडौँ- वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे भ्याली अस्पताल सुन्धारामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई राति भ्याली अस्पताल लगिएको थियो ।

७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।

उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बतायो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्