यौनहिंसाको गुनासो गरेकी पोर्नस्टार थाइना फिल्ड्स घरमा मृत भेटिइन्

शनिबार, पुस २८, २०८०

काठमाडौं– आफूमाथि यौनहिंसाको भएको गुनासो गरेकी पेरुकी पोर्नस्टार थाइना फिल्ड्स मृत फेला परेकी छन्। 

डेलीमेलका अनुसार उनी आफ्नै घरमा मृत फेला परेकी हुन्। 

फिल्ड्सको शव पेरुको ट्रुजिलोमा रहेको उनको घरमा जनवरी ६ मा फेला परेको थियो। 

थाइनाको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

तर आठ महिना अघि थाइनाले वयस्क उद्योगमा आफ्नो करिअर सुरु गर्दा यौन दुर्व्यवहारको सामना गरेकी थिइन्।
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्