Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसेलको सेयर खरिद-बिक्री प्रकरणबारे छानबिन हुन्छ : प्राधिकरण

बुधबार, मंसिर २०, २०८०

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने प्रष्ट पारेको छ।  बुधबार अर्थ समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने जानकारी गराएका हुन्।

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि एक्जियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले समितिमा जानकारी गराए ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालकै सक्रियतामा मन्त्रिपरिषदबाट यसबारे छानबिन गर्न समिति गठन हुने भएकाले उपयुक्त छानबिन हुने पनि उनले प्रष्ट पारे। उनका अनुसार प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर एनसेललाई पत्र पठाइसकिएको छ ।

प्राधिकरणले पठाएको पत्रको जवाफ पनि मंगलबार नै आइसकेको उनले बताए । जवाफमा एनसेलले नियामक निकायका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने एनसेलले पत्रमार्फत प्रतिवद्धता जनाएको अध्यक्ष खनालले बताए।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्