लुक्न सकेन श्रृङ्खला–सम्भव प्रेमको अंकुर

सोमबार, असोज २९, २०८०

काठमाडौंचर्चामा रहेको तर स्वतन्त्र पुष्टि हुन नसकेको पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको प्रेम सम्बन्ध पुष्टि भएको छ।

पूर्वमन्त्री बिरोध खतिवडापुत्री श्रृङ्खलाले प्रेम सब्न्ध रहेको खुलासा गरेकी हुन्।

इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन्।

उनी लेख्छिन्

नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेसरोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो।

म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि छु श्रृंखला लेख्छिन्, ‘गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो ।

अमेरिकामा रहँदा श्रृङ्खलासम्भव प्रेमको खुलासा भएको थियो। यसको अंकुरचाहिँ सम्भवको भाईको बिहेमा खुलेको थियो।

यसअघि पनि कतिपय प्रेम सम्बन्धका कारण श्रृङ्खला चर्चामा आउने गरेकी थिइन्। उनी सन् २०१८ कि मिस नेपाल हुन् भने विश्व सुन्दरी प्रतियोगितामा धेरै टाइटल जित्न सफल पनि थिइन्।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्