अभिनेता अनमोल केसी आपराधिक घात अभियोगमा पक्राउ

शुक्रबार, असोज १२, २०८०

काठमाडौँ- नायक अनमोल केसी पक्राउ परेका छन् । अनमोललाई साँगाबाट पक्राउ गरिएको वुझिएको छ ।

उपत्यका अपराध अनुसन्धान महाशाखा काठमाण्डौले अनमोललाई पक्राउ गरेको हो । पक्राउ पछि उनलाई काठमाडौं ल्याउँदै गरेको वुझिएको छ ।  

फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा काम नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो ।

सुदर्शन फिल्मस्ले दिएको उजुरीको आधारमा प्रहरीले अनमोललाई खोजी गरिरहेको थियो । अनमोललाई प्रहरीले प्रहरी कार्यलयमा आउनका लागि अनुरोध पनि गरेको थियो । तर, अनमोल प्रहरीको सम्पर्कमा आउन चाहेका थिएनन् । अभिनेता अनमोल केसीलाई आपराधिक घात अभियोगमा पक्राउ गरीएको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्