शेयर बजार १८ अङ्कले बढ्यो

मंगलबार, असोज ९, २०८०

काठमाडौँ- हिजो र अस्ति घटेको शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

आज होटेल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेकाे दिन मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम् पावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्