सन्दीपविरूद्धको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमा

आइतबार, भदौ १०, २०८०

काठमाडौं  - सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ। क्रमसंख्याअनुसार सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश पण्डितको इजलासमा पाँचौं नम्बरमा छ। 

यसअघि पटक–पटक पेसी परे पनि यो मुद्दाको अन्तिम सुनुवाइ हुन सकेको थिएन। यसअघि सन्दीपको मुद्दामा गत बिहीबार ९साउन ३२ गते० सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी ९गौशाला २६०की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो। 

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो। 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। 

१८ वर्षभन्दा कम उमेरकी महिला ९किशोरी०माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय ९घ०अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्