बाटो बिराएको एनआरएन, कहाँबाट सुरु भयो बेथितिको शृंखला ? 

मंगलबार, भदौ ५, २०८०

हाँ नेपाली, त्यही नेपाल । आजको यो समय कुनै पनि देश उसको नक्साभित्र मात्रै सिमित हुँदैन । विज्ञान र चेतनाको उन्मुक्त शासन हो, आजको समय । न तपाईले रोक्न सक्नुहुन्छ । न मैले नै रोक्न सक्छु । 

कुरा गरौं, तीनै नेपालबाहिर नेपालको परिचय दिइरहेका, नेपालबाहिर नेपाल बनाउने प्रवासी नेपालीहरुको साझा संगठनका रुपमा विश्वको विभिन्न देशमा संगठन भएको गैर आवासिय नेपाली संघ : एनआरएनए । सुरुवात यति मिठो भयो, नेपालको सरकार , नेता, पार्टी, व्यवसायी, समाजसेवी । यतिमात्रै होइन, रेस्टुरेण्ट होटल । सबैतिर एनआरएनलाई श्रद्धापूर्वक स्वागत हुन्थ्यों । अब त्यो इतिहास भइसक्यो । कतिपय ठाउँमा एनआरएनहरु आफू एनआरएन हुँ भन्न पनि लाज मान्नुपर्ने अवस्था छ । एनआरएनएभित्रको चर्तिकला यति गन्हाइसक्यो कि, अदालतसम्म त्यो गन्ध पुगिसक्यो ।

अब म एनआरएन हुँ भनेर गर्व गर्ने दिन गइसक्यो । 

किन यस्तो भयो ? कसरी भयो ? विश्वको ठूला ठूला देशमा पुगेका , विश्वकै ठूला ठूला देशमा डाक्टर– प्राफेसर भएका, पैसा कमाएका, सीप र बुद्धि भएकाहरुले गठन गरेको संस्था किन गन्हाउने अवस्थामा पुग्यो ?

यो बुझ्न दुई दशकअघि फर्कनुपर्छ । 

सन् २००३ अक्टोवरका दिन सहर÷बजार–गाँउ- घर नेपालीहरुको महान् चाड बडादशैँको माहोलमा मस्त थियो । गाउँबाट  सहर आएका गाँउ फर्कदै थिए । मनभरी खुसी, झोलाभरी कोसेली बोकेर ।

मुलुकबाट, रोजगारी,व्यवसाय अध्ययन गर्न विदेशिएका नेपालीहरु पनि नेपाल फर्कदै थिए, अन्य वर्षमा भन्दा धेरै संख्यामा यस वर्षको दशैंमा विदेशिएकाहरु फर्किएका थिए । कारण थियो : नेपालबाहिर बस्ने नेपालीहरुको पहिलो साझा संगठन एनआरएनएको गठन  ।

नारा थियो : एकपटकको नेपाली सबैको नेपाली । अझ योभन्दा पनि अर्को नारा थियो : नेपालबाहिर बस्ने नेपालीको लागि नागरिकताको निरन्तरता । समृद्ध नेपालको लागि हाम्रो सहभागिता । अब के चाहियो :  तत्कालीन संविधानमा कुनै पनि नेपाली नागरिकले अन्य कुनै देशको नागरिकता लिएमा नेपालको नागरिकता निस्कृय हुने व्यवस्था थियो । जुन आजको मितिमा अझै कडा बनाइएको छ ।  

विश्वका विभिन्न देशमा छरिएर स्थायी बसोबास गरी रहेका नेपालीको लागि सन् २००३ अक्टोबर ११, मानौं हराएको आमा भेटिएको दिनजस्तो थियो : अब एनआरएनएले  हामी र हाम्रा सन्तान दरसन्तानलाई पनि नेपालर नेपाली भएर बाँच्ने अधिकार दिलाउँछ  भन्ने विश्वास थियो ।

आर्थिक अभावमा अवसर खोज्दै परदेशिएका नेपालीहरुले गुमाउँदै गएको पुर्खाले बनाएको आफ्नो जन्मभुमि नेपाल संग छुटिनु नपर्ने भयो भन्ने ठानेका थिए । त्यसैले, हरेक देशबाट एनआरएनए अभियानलाई करोडौँ करोड आर्थिक भौतिक सहयोग प्राप्त भयो । नेपालको अर्थतन्त्रमा प्रभाव पर्नेगरी रेमीट्यान्स भित्रिन थाल्यो, लगानी भित्रियो  ।

मुलुकको सानो भन्दा सानो समस्यामा पनि सहभागी भए । म नेपाली मेरो नेपालको भावनाले ओतप्रोत  थियो नेतृत्व पनि त्यस्तै थियो । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो एकातर्फ देशभक्तिले ओतप्रोत भाषण दिन माहिर थिए । अर्कोतर्फ, यी भाषणको आडमा बनेको छविमा टेकेर नेपालदेखि विश्वभर आफ्नो व्यापार प्रवद्र्धन गर्दै थिए । आजको मितिमा नेपालमा उनको लगानी देखाउनका लागि मात्रै छ । उनको मुल लगानी दुबई र बनारसमा छ । 

सन् २००९ मा जापानबाट देवमान हिराचन्द नेतृत्वमा आए । यतिबेलासम्म एनआरएनएमा झन्डै ४५ देशका नेपाली संगठित भइसकेका थिए ।  उनले एनआरएन कार्डमा  एनआरएनएलाई घुडाँ टेकाए । विरोध र समर्थन उत्तिकै भयो ।

सरकारले एनआरएन कार्डबाट प्रति व्यक्ति ५०० डलरको मूल्य राख्यो, सरकार पनि हिस्स :५००  डलरको हिसावले ५ लाखले एनआरए कार्ड लिदाँ अर्बौं–खर्बौं पैसा भित्र्याउने दाउ थियो, तर २– ३ सयले मात्र लिए । सरकार र एनआरएन नेताहरुको नियत प्रस्ट भयो । नेपालबाहिर बाध्यताले अभावले पुगेका नेपालीलाई नेपालसँग जोड्ने होईन रहेछ, बाध्यताले परदेशिएका नेपालीलाई प्रयोग गरेर केवल पैसा कमाउने मात्र नियत रहेको बुझ्न गाह्रो भएन ।  

यसपछि सन् २०११ मा जिवा लामिछाने आए अध्यक्षमा । उनले न नागरिकताको निरन्तरताको लागि नै, न समृद्ध नेपालको लागि केहि गर्न सके वा वा उनले गर्नै चाहेनन् । सानिमा बैँक, हाईडो जस्ता निजी व्यवसायलाई अझ बलियो बनाए । कार्यकालको अन्तिममा नेपाल सरकारले नमानेको १८० दिनको प्रावधानलाई हटाएर २ वर्षको प्रावधान  राखी दर्ता गराए ।

अध्यक्षमा उनको समर्थनमा डा. शेष घले निर्वाचित भए । यो कुरा संस्थापक डा. महतलाई आजसम्म पनि पटक्कै मन परेको छैन । आजको मितीमा पनि १८० दिनको प्रवधान पुनः राख्न डा. महतो मरीहत्ते गरिरहेका छन् । उनले डा. घलेको उपस्थितीलाई अझै स्वीकार्न सकेको छैनन् । घलेलाई जसरी भएपनि असफल बनाई  छाड्ने उनको वृद्ध हठ नै आजको एनआएएनएको दुर्गतिको एउटा मुख्य कारण हो । 

डा. घलेकै पहिलो कार्यकालमा नाकावन्दी भयो, भूकम्प गयो जसले गर्दा उनले घोषणपत्रमा लिएका कार्य पुरा हुन सकेनन् । एनआरएनएलाई त्यसमाथि महाभुकम्पले अर्को जिम्मेवारी थपिदियो:उद्धार, राहत र पुननिर्माणमा सहयोग गर्नु । 
गोर्खाको लाप्राक नमुना बस्ती निर्माण गर्न सफल भएकाले उनी अर्को कार्यकाल पनि अध्यक्ष चुनिए  । नेपालको प्रशासनिक राजनीतिक अस्थिरताले यो दोस्रो कार्यकाल पनि काम पूरा गर्न समय पुगेन । 

सन् २०१७,  निर्वाचनकै माध्यमबाट भवन भट्ट अध्यक्ष भए,  उनले निर्वतमान अध्यक्ष डा.घलेको कार्यकालमा सुरु भएका तर सम्पन्न हुन नसकेको परियोजना  पुरा गर्न सकेनन् । भनिन्छ, भवन भट्टले गर्न चाहेको काम गर्न दिइएन । उनको कार्यकालमा पनि नागरिकताको निरन्तरता  र समृद्ध नेपालीलाई कुुनै योगदान दिन सकेनन् ।

उनी पछि कुमार पन्त अध्यक्ष भए । उनको कार्यकाल एनआरएनएको ईतिहासमा भद्रगोल बन्यो । अधिवेसन गर्न जति कोसिस भएपनि गर्न सकेनन् ।  अन्नत कही नभएको जात्रा गर्दै सहमति–सहकार्यको नाममा  ३ जनालाई अध्यक्ष बनाएर मुख लुकाउदैँ कुलेलाम ठोके । 

यसरी कुमार पन्तलाई मुख  देखाउनै नसक्ने बनाउनेहरु डा. उपेन्द्र महतो र जीवा लामिछाने हुन् । अध्यक्ष नभई नहुने पात्र:बद्री केसी, कुल आचार्य र रविनाथ थापालाई उनीहरुकै कारण अपुताली परेजस्तो भयो । योभन्दा लाजमर्दो अरु के नै होला ।

सारा नेपाली आगाडि एनआरएनए भन्ने संगठन लोभी पदका भोका, नेपाली राजनीतिका पात्रभन्दा फरक छैनन् भन्ने प्रमाणित भयो । 
यतिमात्रै कहाँ हो र । परराष्ट्रले अधिवेशन गर्नलाई पूर्व अध्यक्ष डा. घलेलाई जिम्मेवारी दिएको थियो । उनले गरे पनि । होटल याक एन्ड यतिमा । उता महतो ग्याङले हिमालयन होटलमा देशको प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्रीलाई अतिथी बनाएर अधिवेशन गरे । के अधिवेशन भन्नु, न विधि , न प्रक्रिया न विधान । सत्यनारायणको पुजामा बाँडिने मालपुवा र हलुवाजस्तो ।

संस्थापन पक्षको कस्तो ज्ञान, बुद्धि, घमण्ड भइसक्यो भने हामीले जे गरे पनि हुन्छ । हामी नै सर्वेसर्वा । हामीबाहेक कोही छैन भन्ने बुद्धि जमिसक्यो । उही हाम्रा देशका नेता केपी बा, देउबा अनि रेणुका बा । यीनै बाकै जस्तै । जति गरेपनि नहुने । उही ढलानमा प्रयोग गरेको सिमेन्टजस्तै, फुट्छ , टुट्छ । तर अक्कड छोड्दैन । झोलेबाहेक कुनै पनि नेपालीलाई सोध्नुस् , कुनै एक राष्ट्रभक्त नेपालीले यी तीनवटा बा र तीनका सन्तानलाई विश्वास पटक्कै गर्दैन । 

अधिवेशनमा सहभागी हुने एनआरएनहरुलाई हलुवा र मालपुवाको पदहरु सबैको हातमा पुग्यो । अझ लाजमर्दो के भयो भने नेपाल आउँदै नआएका, फेसबुकमा मात्रै उम्मेदवारी घोषणा गरेकाहरुलाई पनि प्रसादरुपी पद प्राप्त भयो । 

अझ लाजमर्दो, सर्वनाक के भने तीनैले विधानको बलात्कार गरे । जसले आफूलाई विद्धान, महान्, ज्ञाता, ओहो भनिसाध्य छैन, लाजको पसारो । 

विश्वको ठूलो विश्वविद्यालयमा स्कलरसिपमा पढेका, धैत । विश्वविद्यालयकै बेइज्जत । यस्तो कुबुद्धि सिकाउने विश्वविद्यालय नपढेकै जाति । 

संस्थापन पक्षको कस्तो ज्ञान, बुद्धि, घमण्ड भइसक्यो भने हामीले जे गरे पनि हुन्छ । हामी नै सर्वेसर्वा । हामीबाहेक कोही छैन भन्ने बुद्धि जमिसक्यो । उही हाम्रा देशका नेता केपी बा, देउबा अनि रेणुका बा । यीनै बाकै जस्तै । जति गरेपनि नहुने । उही ढलानमा प्रयोग गरेको सिमेन्टजस्तै, फुट्छ , टुट्छ । तर अक्कड छोड्दैन । 

बाहरुको पनि के कुरा गर्नु । एनआरएन बलियो होला । नेपाली राजनीतिमा निर्णायक भूमिका खेल्लान् भनेर त्यस्तै गैरकानुनी , अवैधानिक अधिवेशनमा आफैं पुग्छन्, आफ्नालाई पुर्याउँछन् । यी बाहरुको कुनै नैतिकता र इमानदारीता छैन ।

नपत्याए झोलेबाहेक कुनै पनि नेपालीलाई सोध्नुस् , कुनै एक राष्ट्रभक्त नेपालीले यी तीनवटा बा र तीनका सन्तानलाई विश्वास पटक्कै गर्दैन । 

हो त्यसैगरी, अब कुनै पनि समृद्ध नेपाल र नागरिकताको निरन्तरताका लागि समर्पित नेपालबाहिर रहेका नेपालीहरुले अहिलेको कमिटी र एनआरएनका बाहरुलाई विश्वास गर्नेछैनन् । उहाँहरु खै कुन्नी कसरी लाज पचाएर अनुहार देखाउँदै हिंड्दैछन् । 

अझ त्यसमाथि वंशजको हैसियत सधैंको लागि खोसिने, गैरआवासिय नागरिकता दिएकोमा धन्यवाद् भन्दै दिप प्रज्वलन गर्दैछन् । 
राष्ट्रपतिले जारी गरेको नागरिकता विधेयक मुलुकका लागि कति घातक छ , अबको केही वर्षमा मुलुक के हुने हो ? हामी अल्पमतमा परेर ज्यान जोगाउन भाग्नुपर्ने दिन नआउला भन्न सकिन्न । अनि, अहिले दीप प्रज्वलन गर्दै धन्यवाद्, धन्यवाद्, धन्य्वाद् तपाई महान् भन्दै हिंड्नेहरु अहिलेसम्म त नक्कली शरणार्थी हुनुहुन्छ । त्यसपछि सक्कली शरणार्थी बन्नु हुनेछ । 

जुन दिन साँच्चिकै शरणार्थी हुन्छन् नि । त्यो दिन तपाईले कमाएको धन सम्पत्ति, ज्ञान केही काम लाग्दैन । तपाईका सन्तानहरुले भाग्दै–भाग्दै ज्यान जोगाउनुपर्दा तपाईलाई सराप्नेछन् । आज पैसा छ, पावर छ । विदेशी पासपोर्ट छ भन्नेले नैतिकताको चितामाथि आफ्नै सन्तानको भविष्य, पुर्खाको बलिदानमाथि अहमको लातले हान्दै हुनुहुन्छ । भोग्नुपर्छ हजुर, यही जुनीमा । 

अब समाधान के त ? प्रश्न फेरि पनि आउँछ । 

एकापट्टी शक्तिको बलमा बनेको तीनजना अध्यक्ष, अरु पद त कति पाए, कति पाए । पद पाएकाहरु लाजले मर्नु भएका होलान् । अर्कोपट्टी डा. घलेले परराष्ट्र मन्त्रालयबाट आधिकारीक अधिवेशन गर्न पाएको अनुमतिअनुसार एकजना अध्यक्ष भएको एउटा कमिटी छ । कसलाई मान्ने, कसलाई नमान्ने । 

इगो सबैको उत्तिकै छ । प्रसादी तीनजना अध्यक्षसहित महाजम्बो टोलीका पितामह् डा. उपेन्द्र महतो , उनको राजनीतिमा यति ठूलो शक्ति छ । विचरा डा. घलेको राजनीतिमा छैन भन्दा हुन्छ । डा. घलेको टिमबाट अध्यक्ष भएका कोरियाली व्यापारी विनोद कुँवरको व्यक्तिगत र व्यवसाहिक सम्बन्ध माओवादीका नेता पूर्व अर्थमन्त्री जनार्दन शर्मा छ ।

विनोदकै सम्बन्धले शर्मा याक एन्ड यति होटलमा आयोजना भएको अधिवेशनमा आएका थिए  । अब भन्नुस् , बल कसले प्रयोग गर्न सक्छ । 

गएको पटक प्रसादी वितरण प्रणालीमा लाजै पचाएर , न विधान, न नियम , न नैतिकता केही पनि बाँकी राखेनन् । आउने–नआउने सबैलाई भाग पुर्‍याए ।

यस्तै पारा हो भने लाखौं नेपालीको लगानी रहेको संगठनको अस्तित्व समाप्त हुनेछ । ती सारा प्रवासमा रहेका नेपालीको विश्वास, त्याग , लगानीमाथिको मनोमानीले अबको दिनमा लोभी, पापी, झोले , दलीय रोगीबाहेक कोही हुनेछैनन् । दोस्रो पुस्ताको कुरै नगरौं । तपाई नाइकेहरुकै छोराछोरी आउँदैनन् । 

 

हो, त्यही निर्णय नकचरोपन यसपटकको लागि महाभारत हुनेछ, संस्था कब्जा गरिरहेका डा. महतोका अनुयायीहरुलाई । किनकी, गएको पटक गरेको गल्ती अब गर्नुहुन्न भन्ने कमैको हिम्मत होला ।

किन भन्नुपर्यो, हामीले गल्ती गरेको, हामी दोषी छौं हामीलाई सजाय देऊ । यति भन्ने हिम्मत कहाँ होला ? पदकै लागि गर्न हुने, गर्न नहुने सबै गरेका । यदी भनिहाले पनि टन्न रक्सी धोक्ने बाउले छोराछोरीलाई जाँडरक्सी खान हुन्न भनेर अर्ति उपदेश दिएको जस्तो होला नि । कि होइन ?

फेरि पनि समाधानको निस्कदैंन । कसरी निस्कन्छ, गर्न हुने, नहुने सबै गरेपछि यस्तो पनि हुनसक्छ । पावर, सत्ता, शक्तिमा छन् डा. महतो । एकजनाको लागि सहमति जुटाउलान् । अधिवेशनको हैसियत के हुने ? अब नांगै हिंड्दा पनि लाज पचेकाहरुले जे पनि भन्न सक्छन् ।

उनीहरुले आफ्नो आफ्नो फाइदा लेलान् । तर, लाखौं नेपालीको लगानी रहेको संगठनको अस्तित्व समाप्त हुनेछ । 
ती सारा प्रवासमा रहेका नेपालीको विश्वास, त्याग , लगानीमाथिको मनोमानीले अबको दिनमा लोभी, पापी, झोले , दलीय रोगीबाहेक कोही हुनेछैनन् । दोस्रो पुस्ताको कुरै नगरौं । तपाई नाइकेहरुकै छोराछोरी आउँदैनन् । 

एकपटकको नेपाली सधैंको नेपाली । हो रहेछ । जहाँ जहाँ पुगेपनि जति नै सुकै अध्ययन गर्ने मौका पाएपनि जति नै धन सम्पत्ति कमाएपनि , जति नै ज्ञान सिप हासिल गरेपनि नियत, नियति र चेतना उही जस्ता बाहरु त्यस्तै छोराछोरीहरु । न बाहरुबाट मुलुकले निकास पायो , न पाउँछ ।

न तिनै बाहरुका एनआरएन सन्तानहरुबाट लाखौं विदेशिएका नेपालीको कल्याण हुन्छ । अब परिवर्तनले मात्रै पुग्दैन, पूर्ण परिवर्तन गर्नु पर्दछ । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्