सोल्टी राजाको म्युजिक भिडियो विमोचन

बिहीबार, साउन १८, २०८०

काठमाडौं– भ्याली फिल्मस एकेडेमीको सहकार्यमा पुनम भाइन्सको प्रस्तुती रहेको सोल्टी राजा गीतको म्युजिक भिडियो विमोचन गरिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र निर्देशक/नायक प्रीतम गुरुङले म्युजिक भिडियोको सामाखुशीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे ।

गीतमा पुनम गुरुङले स्वर भरेकी छन् भने शब्द र संगीत मिन गुरुङको रहेको छ । मिन गुरुङले म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । जारी, कबडड्ी चारकी समेत नायिक मिरुना मगर, शेरबहादुर गुरुङलगायतले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् । सुरुमा नृत्यमा रुचि राख्ने पुनम विगत १० वर्षदेखि गायन क्षेत्रमा सक्रिय छिन् ।

दुई दर्जनभन्दा बढी गीता गाइसकेको पुनमले जानकारी गराइन् । तनहुँमा जन्मेकी पुनमले मलेसिया र हङकङमा प्रस्तुती दिइसकेकी छन् । अब पुनम अर्को प्रस्तुतीका लागि शुक्रबार युके जाँदै छिन् ।

निर्देशकमा खेलकुद पृष्ठभुमिका भुपेन्द्र गुरुङ, कोरियोग्राफरमा मनाङ गुरुङ तथा इडिटरमा बन्दे प्रसाद रहेका छन् । विमोचन कार्यक्रममा म्युजिक भिडियोमा संलग्न टिमलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्