पारिवारिक कमेडी चलचित्र ‘फनफनी’ निर्माण हुने

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । 

काठमाडौँमा आज आयोजित एक पत्रकार भेटघाटमा उनले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी दिए । 

“चलचित्रको लेखनको कार्य भइरहेको छ, यो पारिवारिक कमेडी चलचित्र बन्नेछ”, निर्देशक सुनारले भने, “यो पनि समाजसँग जोडिएको कथा हो । यसमा नेपालसँगै विदेशको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्ने तयारीमा छु ।”

यस्तै, सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएर यसको एक पोस्टरसमेत सार्वजनिक गरिएको छ । यसमा अभिनेताका रुपमा आर्यन अधिकारी अनुबन्धित भएका छन् । “चलचित्रको कथा सुनेपछि अभिनय गर्न सहमत भएको हुँ”, अभिनेता अधिकारीले भने । 

हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहेका चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्