प्रधानमन्त्री दाहालद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा नेपालको भ्रमणको निम्तो दिएका हुन्।

दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए।प्रधानमन्त्री दाहालले भने, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छौँ।

आफूले दिएको नेपाल भ्रमणको निम्तोलाई भारतीय प्रधानमन्त्री मोदीले स्वीकार गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।  आशा छ, मोदीको नेपाल भ्रमण छिट्टै हुनेछ, दाहालले भने।

चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका छन्। वार्ताका क्रममा दुई देशको सम्बन्ध थप सुधार गर्दै दुवै देशबीच देखिएका सीमा लगायतका समस्या समाधान गर्ने विषयमा सहमति बनेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्