‘काँडेतार’को केही दृश्य काँटछाँटपछि सेन्सर पास

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ । 

चलचित्र सेन्सर बोर्डले फिल्ममा रहेको केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि पास गरेको हो । 

निर्माता निर्देशक नवल खड्काले फिल्म सेन्सर पास भएको बताए । उनले सेन्सर बोर्डले फिल्ममा रहेको गृह मन्त्रालयको र भुटानको बिषयमा रहेको दुई दृष्य काट्दै सेन्सर पास गरेको जानकारी दिए ।

फिल्मका निर्देशकसमेत रहेका नवलले फिल्ममा सीमानामा काँडेतार बारले मुलुकका नागरिक र भूमिको संरक्षणमात्र गर्ने नभई असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने कथा देखाइएको बताए । नवलले यसअघि पनि राष्ट्रियताको भाव बोल्ने ‘दशगजा’, ‘आवाज’, ‘भीमदत्त’ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे ‘काँडेतार’का निर्माता माकिको राई र अन्जु केसी छन् । कार्यकारी निर्माता गायिका सत्यकला राई  छिन् । चलचित्रको सह निर्माता रोमियन लिम्बू, विमला कट्टेल, डा. अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्