भुटानी शरणार्थी विषय अख्यितारलाई बुझाउने गल्ती नहोस् : लिङ्देन

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राप्रपा अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण राज्य विरुद्धकै अपराध भएको बताएका छनन् ।

बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेका हुन् ।

पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम भुटानी शरणार्थी प्रकरणमा जोडिनु लज्जास्पद विषय भएको उनले टिप्पणी गरे । ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न’, उनले भने ।

उनले शीर्ष नेताहरूको पछिल्ला भेट दोषीलाई उम्काउने विषयमा केन्द्रित भइरहेको आशंका उत्पन्न गराएको समेत बताए । 

‘अनुसन्धानका बारेमा समेत अनेक आशंकाहरू आइरहेका छन् । शीर्ष नेताहरूको बैठकलाई पनि शंकाको घेरामा राखिरहेका छन् । शीर्ष नेता र सरकारको गलत मनसाय छैन् भन्नका लागि पनि अनुसन्धान कहाँ पुग्यो भनेर संसदलाई जानकारी गराइयोस् । सभामुखमार्फत सरकारलाई जवाफ दिन रूलिङका लागि आग्रह गर्दछु,’ उनले भने । 

अध्यक्ष लिङ्देनले प्रहरीले अनुसन्धान नगर्ने होकी भन्ने आशंका उत्पन्न भइरहेको पनि उनले बताए ।

‘प्रहरीले अनुसन्धान नगर्ने होकी, अख्यितारलाई नबुझाउने हो कि भन्ने आशंका उत्पन्न भइरहेको छ । यस्तो नहोस्’, उनले भने ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्