सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं - अर्थमन्त्री डा. प्रकाश शरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने स्पष्ट पारेका छन् ।

राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए ।

‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’

मन्त्री डा. महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्