नेता, ठेकेदार र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार हुन्छः सांसद दाहाल

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– सांसद देवेन्द्र दाहालले नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताएका हुन् ।

भ्रष्टाचार व्यापक भएपनि न्यूनीकरणको पहल नभएको भन्दै उनले न्यूनीकरणका लागि सरकारका प्रतिवद्धताहरु पनि माग गरे । कर्मचारीले ‘साइनिङ मनी’को रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उनको आरोप छ ।

‘सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । शुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको

थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन्,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्