सरकारको काम कतै बनाउँदै नबनाउने, कतै बनाएको पनि भत्काउने हो : प्रदीप पौडेल

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँ उपत्यकाभित्रका सडक अस्तव्यस्त बनाउने काम सरकारबाटै भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारका मन्त्रालयहरुबीच समन्वय नहुँदा सडक भत्काउने क्रम बढेको उनको भनाइ छ ।

‘कतै सडक बनाउदै नबनाउने र कतै बनाएको पनि भत्काउँदै बनाउँदै गर्ने जस्तो देखिएको छ, सरकारको काम यस्तै हो ?’ नेपाली काँग्रेसका युवा नेता समेत रहेका सांसद पौडेलले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्