टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ, उहाँलाई नै सोध्नुस् : योगेश भट्टराई

सोमबार, वैशाख २५, २०८०

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दबाबमा बयान फेर्ने प्रयास नगर्न आग्रह गरे ।

उनले भने, ‘जोसुकै उच्च तहको मान्छे होस्, त्यसमा मुछिएको छ भने ऊ कारबाहीको भागीदार हुन्छ ।’

सांसद भट्टराईले त्यसो भन्दै गर्दा पत्रकारले उनलाई त्यसो भए तपाईंहरुकै पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए । उनको जवाफ थियो, ‘त्यो त उहाँलाई नै सोध्नुस् ।’

हजुरहरुलाई त थाहा हुनुपर्ने होइन र भन्ने अर्को प्रश्नमा भट्टराईले झर्किँदै भने, ‘मेरो त्यो खोज्ने जिम्मा छ । मलाई राज्यले त्यो जिम्मेवारी दिएको छ । तपाईंहरुको चाहिँ दायित्व होइन ? तपाईंहरु नै खोज्नुस् न । त्योस्तरको कुरा मलाई नसोध्नुस् ।’

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार