भैरहवामा एभरेष्ट बैंक आफ्नै भवनमा

आइतबार, वैशाख २४, २०८०

काठमाडौं –एभरेष्ट बैंक लिमिटेडले भैरहवामा आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ ।

बैंकको रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिका–७ नारायणपथमा अवस्थित भैरहवा शाखा सोही नगरपालिका वडा नं. १२, प्रहरी टोलमा (हालको स्थानबाट करिब ४५० मिटर दक्षिणतर्फ आफ्नै नवनिर्मित भवनमा), स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको हो ।

नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको धारणा राखे । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । 

साथै सो समारोहमा बैंकले विगत २५ वर्षदेखि निरन्तर रुपमा बैंकसँग आबद्ध ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार