आजबाट बजेट अधिवेसन सुरु हुने , अपरान्ह ४ बजे बस्ने

आइतबार, वैशाख २४, २०८०

काठमाडौं - आजबाट बजेट अधिवेसन सुरु हुने भएको छ ।

जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज आइतबार देखी सुरु हुदैँछ । 

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आब्हान गरेका हुन । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ । 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार