सत्ता गठबन्धन दलको बैठक बस्दै

शनिबार, वैशाख २३, २०८०

काठमाडौँ - सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो ।

सत्ता साझेदार दलहरुले समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेका हुन ।

बैठकका लागि दलका नेताहरु बालुवाटार पुगिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्