रास्वपा सरकारमा नजाने, सरकारलाई दिएको समर्थन फिर्ता लिने

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने निर्णय गरेको छ । यस्तै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सभापति लामिछानेको पटक पटकको वार्ता सकारात्मक दिशातिर अघि नबढेपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । 

यसअघि गत सोमबार बसेको रास्वपा बैठकले निर्णायक छलफल राख्ने निर्णय गरेको थियो । 

गत पुस १० मा एमालेको प्रस्तावमा पुष्पकमल दाहाल प्रधानमन्त्रीको प्रस्ताव लिएर जाँदा रास्वपाले समर्थन दिएको थियो । त्यसको अर्को दिन रास्वपाका सभापति रवि लामिछाने दाहाल सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्रीलाई पुस २६ मा रास्वपासहित  २७२ सांसदले विश्वासको मत दिएका थिए । 

तर, लामिछानेको नागरिकता बैध नभएको भन्दै निर्वाचन आयोगमै हालेको उजरी आयोगले सुनुवाई नगरेपछि संवैधानिक इजलासबाट माघ १३ मा फैसला भएको थियो । 

फैसालबाट उनको नागरिकता अवैध ठहर भएपछि पार्टी सभापति, सांसद र मन्त्री पद गएको थियो । रविको पद गएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

तर, सत्ता साझेदार एमालेसँग राष्ट्रपत्ति उपराष्ट्रपतिमा माओवादी केन्द्रको सहकार्य नहुने र कांग्रेसँग हुने निश्चित भएपछ सुरुपमा राप्रपा र त्यसपछि एमाले बाहिरिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाललले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्