मन्त्रिपरिषद विस्तारपछि पार्टीभित्र असन्तुष्टि देखियो : शशांक कोइराला

शुक्रबार, वैशाख २२, २०८०

चितवन –नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् ।

उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए ।

‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ,’ शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुन सक्ने सम्भावना रहेको उनले बताए ।

‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ,’ उनले भने । उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनले बताए ।

अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको उनले बताए । कांग्रेसले सरकारमा ८ जना मन्त्री पठाउँदा सभापति शेरबहादुर देउवाले ६ जना सिफारिस गरेका थिए भने संस्थापनइतर समूहले २ जनाको नाम दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्