गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निः शुल्क सर्भिस क्याम्प सम्पन्न

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं–नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निः शुल्क  सर्भिस क्याम्प सम्पन्न गरेको छ ।  आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत  नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प सम्पन्न गरेको थियो ।  

नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नया वर्ष अफर पनि प्रदान गरिएको थियो ।  सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाएका  थिए ।

क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जनाएको छ ।  क्याम्पको बारे प्रतिक्रिया दिदै  सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले भने, ‘गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता  थियो ।  उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए ।  आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्