एभरेष्ट बैंक र लक्ष्मी कमर्शियलबिच सम्झौता, ७० प्रतिशतसम्म लगानी गर्ने

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– नेपालका लागि ‘एसएमएल इसुजु’को आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबिच एसएमएल इसुजका गाडीमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

आज भएको सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले र लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरे । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले आजैदेखि ऋण सुविधा लिन सक्नछन् ।

सम्झौता अनुसार नेपालभर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत बढिमा ७ बर्ष सम्मको लागि एसएमएल इसुजका गाडीको मुल्यमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिए ।

यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भबिष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बिचार बैँकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले ब्यक्त गरे । कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंकसँग भएको सम्झौता लागु हुने लक्ष्मी कमर्शियलका प्रमुख इश्वर दहालले जानकारी दिए । 

प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कार र बिएमडब्लुका कारको नेपालमा आधिकारिक बिक्रेता हो । यसले नेपालमा हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुट र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै काम गर्दै आइरहेको छ ।

नेपालमा एसएमएल इसुजुका कमर्शियल एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका

ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्