प्रभु बैंक र सौभाग्य हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं –प्रभु बैंक लिमिटेड र धनगढी– ०२, कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । 

बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र सौभाग्य हस्पिटलबीच भएको सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले हस्पिटलद्वारा सञ्चालित ओ.पि.डी परीक्षण सेवामा १५ प्रतिशतका साथै प्याथोलोजी, एक्स–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच्.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु÷एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त गर्नछ ।

प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट फार्मेसीबाट पनि पाउने छ  ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार